


बिहान साढे नौ बजे दुई पक्षबीच विवाद भएपछि झडप सुरु भएको हो। धर्नामा रहेका मोर्चाका कार्यकर्ताहरुले साइकलमा समान ओसारेर आन्दोलनलाई कमजोर बनाएको भन्दै रोक्न खोजेपछि विवाद बढेको थियो र दुवै पक्षबाट एक घन्टासम्म ढुंगा हानाहान भएको थियो।
झडपमा पेट्रोल बमसमेत प्रहार भएको थियो। मन्यान्हसम्म पनि वीरगञ्ज नाका क्षेत्र तनावपूर्ण छ।
झडपमा केही घाइते भएका छन्। गम्भीर घाइते भएका चुनु मिश्र र सर्फुबिन अन्सारीलाई नारायणी अंचलमा अस्पतालमा उपचार गराइएको छ।



0 comments:
Post a Comment