शक्तिशाली भूकम्प आउने विषेशज्ञको चेतावनी, सचेतनाका लागि सक्दो सेयर गरौ ।



 नयाँ दिल्ली–केन्द्रीय गृहमन्त्रालयका विशेषज्ञको टोलीले छिट्टै भारतमा विनाशकारी भूकम्प आउने चेतावनी दिएका छन्। विषेशज्ञले भारतमा ८ दशमलव २ रेक्टरस्केलको भूकम्प आउनसक्ने चेतावनी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

सोमबार मनिपुरमा आएको भूकम्पभन्दा धेरै शक्तिशाली भूकम्प आउन सक्ने गृहका विषेशज्ञहरूको पूर्वानुमान उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। मनिपुरमा आएका ६ दशमलव ७, नेपालमा ७ दशमलव ८ र सिक्किमा २०११ ६ दशमलव ९ रेक्टरस्केलको भूकम्पका भूगर्भीय प्लेपमा उथल पुथल भएको भन्दै विज्ञहरूले ठूलो भूकम्पको जोखिमका अाधारहरू पेश गरेका छन्।

भूकम्पको पहिलो धक्काबाट हिमालय क्षेत्रमा दरार पैदा भएको र मनिपुरमा आएको भूकम्पका कारण स्थिति झन गम्भीर रहेको विषेशज्ञले जनाएका छन्।

नेपालमा गएको भूकम्पपछि गरिएको विष्लेशणमा राष्ट्रिय विपद् प्रबन्धन संस्थानले चेतावनी जारी गर्दै पूर्वोत्तर क्षेत्र, विषेशगरी पहाडी इलाकामा शक्तिशाली भूकम्पको खतरा रहेको जनाएको थियो। भारतका ११ पहाडी राज्यहरूको नीति निर्माताको बैठकले पहाडी क्षेत्रमा आउने संकटसँग जुध्न योजना बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो। संस्थानका निर्देशक सन्तोष कुमारले नेपाल, भुटान, म्यान्मार, र भारतको भूगर्भीय प्लेट एक आपसमा जोडिएको र यस क्षेत्रमा शक्तिशाली भूकम्प आउन सक्ने बताए। उनले भूकम्पको खतरा भारतको पहाडी राज्य तथा विहार, उत्तर प्रदेश र राजधानी दिल्लसम्म रहेको बताए। दिल्लीमा भूकम्पीय इलाकाको वर्गीकरण अनुसार निकै संवेदनशील मानिने ४ वर्गकिलोमिटर पर्छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment