नेपाल आयल निगमले लामो समयदेखि थालेको प्रयासलाई भारतले सकारातमक रुपमा लिँदै सो अनुमति दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए। रक्सौलमा रोकिएका दुई सय ५० मध्ये ८५ बुलेटलाई सुनौली नाका हुँदै नेपाल भित्राउने अनुमति पाएसँगै आजैबाट सो प्रक्रिया सुरु हुने घिमिरेले बताए। उनका अनुसार ती ग्यासका बुलेट एक हप्ताभित्रै नेपाल आइपुग्ने छ।
हाल काठमाडौँको संकट टार्न करिब ४० बुलेट ग्यास आवश्यक छ। ८५ बुलेट ग्यास नेपाल भित्रिएमा नेपालको तत्कालिन संकट समाधान हुने छ।
0 comments:
Post a Comment