


’मधुमेह र रक्तचापको असहज स्थितिमा सुधार आएको छू, नेता महतोले अस्पतालबाटै फोनमा भने-’तर प्रहरी कुटपिटका कारण मेरो शरीरको दुःखाइ अझै हटेको छैन । नातागत महसुस गरिरहेको छु ।’
चिकित्सकले फलो-अपका लागि ७ दिनपछि बोलाएकाले आफू दिल्लीमैं आरामीका लागि बस्ने महतोले बताए । मेदान्तको अर्थो-ट्रउमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन- डीको कमी देखिएको र शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ ।
१० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामा रहेका बेला प्रहरीरप्रशासनसागको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार सााझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । नेता महताको हातखुट्टाका बिभिन्न ठाउामा सुन्निएको र हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ बिज्ञ चिकित्सकले जााच गरेका थिए ।
’अहिलेलाई राजनीतिको कुरा गर्ने स्थितीमा छैन,’ महतोले भने-’स्वास्थ्यमा पूर्ण सुधार आएपछि केही दिनमा बोल्नेछु ।’ नेपालमा मधेशी मोर्चा सरकारसाग वार्ताको टेबलमा बसिरहेको बेला सद्भावना पार्टी भने यो प्रकृयाबाट बाहिर देखिएको छ । आफ्नो स्वास्थ्य स्थिति र राजनीतिक अवस्थाका बारेमा नेपालबाट प्रधानमन्त्री वा अरु जिम्मेवार कुनै नेताले पनि फोनवार्ता नगरेको महतोले सुनाए ।
नेपालका अस्पतालहरुले पनि उनलाई केही पनि समस्या नभएको भन्दै डिस्चार्ज गरिदिएका थिए । भारतीय मेदान्त अस्पतालले पनि महतोलाई केही पनि गम्भिर समस्या नभएको भन्दै डिस्चार्ज गरेको हो।



0 comments:
Post a Comment