![](http://4.bp.blogspot.com/-_kP6AjOVLdQ/UjKgUYjz7dI/AAAAAAAAARE/-KBMlyzBbD8/s1600/Watch+Video+Online.png)
![](http://1.bp.blogspot.com/-FgBRrxpkq04/ViU-sdi9kgI/AAAAAAAAAT0/q_nEE6tJzBw/s640/Screenshot_14.png)
![](http://2.bp.blogspot.com/-oXW_eOPrKHA/VN1YOwh7ByI/AAAAAAAAMrQ/p4vAoACugNs/s1600/VideoBar.png)
जनकपुर-जनकपुरको जानकी चोकमा मोर्चा कार्यकर्ता र स्थानीय व्यापारी/व्यावसायीबीच झडप भएको छ। मोटरसाइकल जुलुससहित बजार बन्द गराउँदै हिडेका मोर्चा कार्यकर्तासँग स्थानीयको झडप भएको हो। पसल बन्द गराउन दवाव दिएपछि व्यापारीहरूले प्रतिवाद गरेका हुन्।
मोर्चा नेताहरूले कांग्रेस र एमाले कार्यकर्ताले जुलुसमा अवरोध गरेका अारोप लगाएका छन्।
स्थानीयको प्रतिकारकाक्रममा सद्भावना पार्टी अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बर र तमसपा जिल्ला अध्यक्ष रूपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा अागजनी भएको छ। दुबै मोटरसाइकल पूर्ण क्षति भएको छ। मोर्चा कार्यकर्ताले पसल बन्द गराउँदै हिडेपछि झडप भएको बताइएको छ।
जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय साह, संघका सचिव सुरेन्द्र भण्डारी र गनेश युवा समितिका पूर्व अध्यक्ष सन्तोष साहसहितको नेतृत्वको समूह र मोर्चा कार्यकर्ताबीच तनाव भएको हो। प्रतिकार पछि जुलुस तितरवितर भएको थियो। जनकपुरको जानकी चोक तनावपूर्ण बनेको छ।
![](http://4.bp.blogspot.com/-_kP6AjOVLdQ/UjKgUYjz7dI/AAAAAAAAARE/-KBMlyzBbD8/s1600/Watch+Video+Online.png)
![](http://1.bp.blogspot.com/-FgBRrxpkq04/ViU-sdi9kgI/AAAAAAAAAT0/q_nEE6tJzBw/s640/Screenshot_14.png)
![](http://2.bp.blogspot.com/-oXW_eOPrKHA/VN1YOwh7ByI/AAAAAAAAMrQ/p4vAoACugNs/s1600/VideoBar.png)
0 comments:
Post a Comment