चलचित्र प्रदर्शनको समयमा विभिन्न हतकण्डा अपनाउन सिपालु छिन्, कलाकार शुभेच्छा थापा । शुभेच्छाले चलचित्र ‘मिस नेपाल’को प्रदर्शनको समयमा माछाले आफ्नो बक्षस्थल छोपेर चर्चा पाएकी थिइन् । पछि, उनले गल्ती गरेको भन्दै माफी पनि मागेकी थिइन् ।
तर, शुभेच्छाको माफीको अर्थ देखिएको छैन । उनले फेरि अर्को एक चलचित्रको प्रचारका लागि यस्तै उत्तेजक फोटो खिचाएकी छिन् । माघ २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बिन्दास ३’का लागि उनले खादाले आफ्नो गोप्य अंग छोपेर तस्बिर खिचाएकी छिन् ।

चलचित्रको पोष्टरका लागि भन्दै खिचाइएको तस्बिरमा उनले आफ्नो गोप्य अंगमा खादाले मात्र छेकेकी छिन् । शुभेच्छा चलचित्रमा पनि हट अवतारमा देखिएकी छिन् । उनको यो नयाँ तरिकाले चर्चा पाउछ या आलोचना, समयले नै बताउला । तर, शुभेच्छा आफूलाई यस्तै शैलीमा चर्चित बनाउन चाहन्छिन् ।

0 comments:
Post a Comment